काठमाडौं- पोखरामा आईतबार भएको विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको खोजी कार्य भईरहेको छ। हिजो राती सम्म उद्धार जारी राखेको यो कार्य आज विहानबाट फेरी सुरु गरिएको छ।
आज बिहान ४ जनाको शव फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ ।फेला पारिएको शव गण्डकी अस्पताल लगिएको छ।उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोर , रोप रेस्क्यु र बिपद् उद्दार तालिम प्राप्त सहित १ सय १५ जना परिचालन गरिएको जनाइएको छ।
हिजो काठमाडौंबाट पोखरा गएको यती एयरलाईन्सको एटिआर विमान 9N-ANC कलसाईन भएको जहाज दुर्घटना भएको हो।