काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो अपडेट सार्वजनिक गर्दै सो जानकारी दिएको हो।
बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन्। नेपाली पर्यटक १२७ जना रहेका छन्। अमेरिकी पर्यटक ६५ र युक्रेनका ५३ पर्यटक सम्पर्कविहिन रहेको तथ्यांक छ।
मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ पर्यटक वेपत्ता रहेको तथ्यांक छ। सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ र लात्भिया, दक्षिण अफ्रिकाका ६–६ जना पर्यटक वेपत्ता रहेको बोर्डले जनाएको छ। बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूबाट तथ्यांक संकलन गरेको जनाएको छ।