रसुवाको बाढीमा फसेका १०४ जनाको उद्धार - Chaitanya News
  • 2026-08-27
  • 11:11:28
  • बिहिबार,भाद्र ११, २०८३
  • रसुवाको बाढीमा फसेका १०४ जनाको उद्धार

    रसुवाको बाढीमा फसेका १०४ जनाको उद्धार

    काठमाडौं– रसुवा बाढीमा परेका १०४ जनाको उद्धार गरिएको छ। बिहीबार बिहान सवा ८ बजेसम्मको १०४ जनाको उद्धार गरिएको हो।

    सरकारी तथ्यांक अनुसार रसुवाबाट ४३ जना, नुवाकोटबाट ५८ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ।

    खोजी र उद्धारको काम आज पनि बिहानैदेखि सुरु भएको छ। उद्धार र राहत कार्य प्रभावकारी बनाउन अहिले सर्वदलीय बैठक पनि सुरु भएको छ।