रसुवा बाढी अपडेटः सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी, २ हजार बढी सैनिक परिचालन - Chaitanya News
  • 2026-08-27
  • 10:55:17
  • बिहिबार,भाद्र ११, २०८३
  • रसुवा बाढी अपडेटः सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी, २ हजार बढी सैनिक परिचालन

    रसुवा बाढी अपडेटः सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी, २ हजार बढी सैनिक परिचालन

    काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलीकोप्टरबाट उद्धार कार्य जारी रहेको छ।

    सेनाले बिहीबार प्रभावित क्षेत्रबाट ९७ जनाको उद्धार गरेको थियो। बिहीबार बिहान मैलुङको टनेलबाट ३ र टिमुरेबाट १४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। हेलिकोप्टर बाहेक थप ६३ जनालाई पनि सेनाले उद्धार गरेको छ।

    नुवाकोटदेखि चितवनसम्म प्रभावितहरूको खोज तथा उद्धार कार्यमा २ हजारभन्दा बढी फौज खटिई खोजरउद्धार तथा राहत वितरण कार्य गरिरहेको सेनाले जनाएको छ।

    गएराति सेनाका ११ वटा टीमले जमिनबाट उद्धारका कार्य गरेको थियो। सेनाका ११ ट्रकद्वारा आवश्यकता अनुसार प्रभावित स्थानहरूमा पुर्‍याउने कार्य भइरहेको छ। हालसम्म ४ सटल राहत सामग्री टिमुरे पुगिसकेको सेनाले जानकारी गराएको छ।

    साथै नेपाली सेनाको मेडिकल टीममा थप गरी त्रिशूलीमा घाइतेहरूको उपचारको कार्य गरिरहेको जानकारी गराइएको छ ।