तिब्बततर्फबाट आएको बाढीबारे यस्तो छ सरकारको चारवटा काम र तयारी - Chaitanya News
  • 2026-08-26
  • 12:05:15
  • बुधबार,भाद्र १०, २०८३
  • तिब्बततर्फबाट आएको बाढीबारे यस्तो छ सरकारको चारवटा काम र तयारी

    तिब्बततर्फबाट आएको बाढीबारे यस्तो छ सरकारको चारवटा काम र तयारी

    काठमाडौं– तिब्बततर्फबाट आएको बाढीका सम्बन्धमा सरकारले हालसम्म चारवटा काम र तयारी गरेको छ।

    १–उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन।
    २– विपद् व्यवस्थापन प्राधिकरण सक्रिय।
    ३–तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित सिडिओलाई निर्देशन।
    ४– सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यी चार काम र तयारी भएको जनाएको हो।

    साथै, भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।