आजएकै दिन तीनवटा संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ? - Chaitanya News
  • 2026-08-07
  • 09:35:31
  • शुक्रबार,साउन २२, २०८३
  • आजएकै दिन तीनवटा संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ?

    आजएकै दिन तीनवटा संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ?

    काठमाडौँ– आज (शुक्रबार) एकै दिन तीनवटा संसदीय समितिको बैठक बस्ने भएका छन् । जसअनुसार बिहान १०ः ३० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यसूची रहेको छ।

    यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदी बन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची तय भएको छ। बैठक बिहान १०ः ०० बजे बस्दैछ।

    यस्तैगरी, बिहान १०ः ०० बजे का लागि बोलाएको पूर्वाधार विकास समितिको बैठकमा विद्युत्को वितरण लाइन, विद्युत्का पोलहरू व्यवस्थापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।