आज राष्ट्रिय सभाको बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-08-06
  • 09:50:34
  • बिहिबार,साउन २१, २०८३
  • आज राष्ट्रिय सभाको बैठक बस्दै, के छ कार्यसूची ?

    आज राष्ट्रिय सभाको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– आज (बिहिवार) अपराह्न १ः१५ बजे संघीय संसद्, राष्ट्रिय सभाको बैठक बस्ने भएको छ। बैठक सिंहदरबारमा बस्ने तय भएको छ । आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको छ।

    संघीय संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्सपङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने छिन्।

    राष्ट्रिय सभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने छिन्।

    यस्तै, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग ९नियन्त्रण० विधेयक, २०८३’ सभासमक्ष पेस गर्नेछिन्।