मन्त्रालयको जिम्मेवारी हेरफेर: न्यौपाने किताबखानामा, दाहाललाई पीएलजीएसपी - Chaitanya News
  • 2026-08-05
  • 14:39:50
  • बुधबार,साउन २०, २०८३
  • मन्त्रालयको जिम्मेवारी हेरफेर: न्यौपाने किताबखानामा, दाहाललाई पीएलजीएसपी

    मन्त्रालयको जिम्मेवारी हेरफेर: न्यौपाने किताबखानामा, दाहाललाई पीएलजीएसपी

    काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुई सहसचिवलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्दै प्रशासनिक संरचनामा कार्यविभाजन गरेको छ।

    मन्त्रालयको निर्णयअनुसार सहसचिव आरती न्यौपानेलाई राष्ट्रिय किताबखाना (निजामती) को महानिर्देशक नियुक्त गरिएको छ। उक्त पद केही समयदेखि रिक्त रहेकाले अब किताबखानाको नेतृत्व न्यौपानेले सम्हाल्ने भएकी छन्।

    त्यसैगरी, संघीय मामिला महाशाखाका प्रमुख सहसचिव प्रकाश दाहाललाई प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम (पीएलजीएसपी) को राष्ट्रिय कार्यक्रम निर्देशकको अतिरिक्त जिम्मेवारी दिइएको छ।

    मन्त्रालयले क्षमता विकास महाशाखा खारेज गरेपछि त्यसअन्तर्गतका कार्यहरू संघीय मामिला महाशाखामा समायोजन गरेको छ। यही संरचनागत परिवर्तनसँगै दाहाललाई पीएलजीएसपीको नेतृत्वको जिम्मेवारी पनि थपिएको हो।

    पीएलजीएसपी संघीय शासन प्रणालीअन्तर्गत प्रदेश तथा स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि, सेवा प्रवाह सुधार र सुशासन प्रवर्द्धन गर्ने राष्ट्रिय कार्यक्रम हो। कार्यक्रम निर्देशकले यसको कार्यान्वयन, समन्वय तथा अनुगमनको नेतृत्व गर्नेछन्।