घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै - Chaitanya News
  • 2026-06-14
  • 12:06:20
  • आइतबार,जेठ ३१, २०८३
  • घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

    घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

    काठमाडौं -नेकपा (एमाले) छाडेर स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् ।

    भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ ।

    ब्यानरमा भने ‘घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने स्वघोषणा गर्ने कार्यक्रम’ राखिएको छ ।