आज संघीय संसदका तीन समितिको बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-10-28
  • 11:20:31
  • बुधबार,कार्तिक १२, २०८३
  • आज संघीय संसदका तीन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    आज संघीय संसदका तीन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– आज (सोमबार) एकै दिन संघीय संसदका तीन समितिको बैठक बस्ने भएका छन् । जसअनुसार अपराह्न २ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ। बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ।

    यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘समितिको आर्थिक वर्ष २०८३–८४ को वार्षिक कार्य योजना’ सम्बन्धमा विस्तृत छलफल हुनेछ। बैठक बिहान ११ः ०० बजे बस्नेछ।

    यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा ‘केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका पदाधिकारीसँग’ छलफल गर्ने कार्यक्रम छ।