काठमाडौँ– आज (शुक्रबार) एकै दिन संघीय संसद् मातहतका तीनवटा समितिको बैठक बस्ने भएको छ।
जसअनुसार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३–८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
यस्तै विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बोलाइएको छ। सो बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ।
यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक दिउँसो साढे २ बजे बोलाइएको छ।