ओलीले भने: तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए - Chaitanya News
  • 2026-07-23
  • 18:16:28
  • बिहिबार,साउन ०७, २०८३
  • ओलीले भने: तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए

    ओलीले भने: तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपामाथि हुने टिप्पणीमाथि आक्रोश व्यक्त गरेका छन्।

    आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई–तीन पार्टीले खाए भनेर भनिएको भन्दै आपत्ति जनाएका हुन्।

    उनले पार्टीले खाएको नभई योगदान दिएको बताए।

    ‘तीन पार्टीले खाए रे खाए भन्ने कुरा हो र बलिदान दिए। ००७ सालमा को थियो ? ण्३२ मा को थियो ? ४६ मा को थियो ? ०६२–६३ मा को थियो ? जेल बस्ने बेलामा को थियो ?,’ ओलीले भने, ‘दुईटाले खाए भनेर गलत भाष्य स्थापना गर्न खोजेका छन्। खुब फोटोको छापेको देख्छु तीनटाले खाए भनेर।’