नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटिङ गर्ने - Chaitanya News
  • 2026-09-07
  • 04:55:55
  • आइतबार,भाद्र २१, २०८३
  • नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटिङ गर्ने

    नेदरल्यान्ड्सविरुद्ध नेपाल ब्याटिङ गर्ने

    काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

    खेल सुरु हुनुअघि भएको टसमा नेदरल्यान्ड्सले जित हासिल गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । घरेलु टोलीले पहिले बलिङ गर्ने निर्णय गरेको छ।

    नेपाल, नेदरल्यान्ड्स र नामिबिया सहभागी त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो।

    सिरिजमा आफ्नो प्रदर्शन सुधार गर्दै अंक जोड्ने लक्ष्यसहित नेपाल नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रिएको हो।