काठमाडौँ– मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० किताबको सूची सार्वजनिक गरेको छ। गुठीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष मदन पुरस्कारका लागि गुठीमा प्राप्त २९८ पुस्तकमध्ये १० किताब छनोट गरेको जनाएको छ। १० कृतिमध्ये एक कृतिलाई यसवर्षको मदन पुरस्कार–२०८२ प्रदान गरिनेछ।
छनोट भएका कृतिहरूमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास छन्।
त्यस्तै वीणा जोशीको नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श तथा नदीशको हिउँद पनि १० कृतिभित्र परेका छन्। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्ति जारी गरेको त्यो जानकारी दिएका हुन्।