कृषि क्षेत्रमा सक्रिय ज्येष्ठ नागरिक ७२ प्रतिशत, हेर्नुहोस् तालिका - Chaitanya News
  • 2026-07-20
  • 04:50:26
  • आइतबार,साउन ०३, २०८३
  • कृषि क्षेत्रमा सक्रिय ज्येष्ठ नागरिक ७२ प्रतिशत, हेर्नुहोस् तालिका

    कृषि क्षेत्रमा सक्रिय ज्येष्ठ नागरिक ७२ प्रतिशत, हेर्नुहोस् तालिका

    काठमाडौं– ७२ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ।

    महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ प्रकाशन गरेको छ। जसले ज्येष्ठ नागरिकको संख्या र उनीहरूको स्थितिजन्य विवरण समावेश छ।

    प्रस्तुत विवरण अनुसार हाल नेपालमा ३३ लाख ५५ हजार ८०८ जना रहेका छन्। यसमध्ये ६८।८ प्रतिशत ज्येष्ठ नागरिक स्वव्यवसायमा वा कामदार छन्। १३।४ प्रतिशत ज्येष्ठ नागरिक रोजगार छन् भने ०.८ प्रतिशत रोजगारदाताको रुपमा रहेका छन्। १७ प्रतिशत ज्येष्ठ नागरिक परिवारको सहयोगीको रुपमा छन्।

    स्व–व्यवसाय वा कामदारको रूपमा रहेका ज्येष्ठ नागरिकहरूमध्ये आर्थिक रुपले सक्रिय भएको कार्यक्षेत्रमा कृषि क्षेत्र अधिक छ। प्रस्तुत विवरणअनुसार ७२।६ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय छन् । २७ प्रतिशत ज्येष्ठ नागरिक गैर कृषि क्षेत्रमा छन्।