विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय - Chaitanya News
  • 2026-07-16
  • 18:48:58
  • बिहिबार,आषाढ ३२, २०८३
  • विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

    विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

    काठमाडौँ– सरकारले विभिन्न मन्त्रालयहरूको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

    आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयहरूको संगठनात्मक संरचना र आवश्यक कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।

    सूचना तथा सञ्चार मन्त्री डा। विक्रम तिमिल्सिनाले बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

    निर्णयअनुसार स्वीकृत संगठन संरचना र दरबन्दीका आधारमा सम्बन्धित मन्त्रालयहरूमा प्रशासनिक तथा जनशक्ति व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ।