सबैतिर सत्ता बाहिर कांग्रेस ! - Chaitanya News
  • 2026-04-29
  • 17:16:00
  • बुधबार,बैशाख १६, २०८३
  • सबैतिर सत्ता बाहिर कांग्रेस !

    सबैतिर सत्ता बाहिर कांग्रेस !

    काठमाडौं –  पाँच दलीय गठबन्धनको साहारामा स्थानीय तहदेखि केन्द्रसम्मै पहिलो पार्टी बनेको नेपाली कांग्रेस संघदेखि सातै प्रदेशसम्म सत्ता बाहिर रहन पुगेको छ । शक्ति बाँडफाँडमा असहमति जनाएपछि माओवादी केन्द्रले एमाले लगायतका दलसँग मिलेर संघीय सरकार बनाएको छ ।

    बुधबारसम्म आइपुग्दा एमाले–माओवादी नेतृत्वको गठबन्धनले सातै प्रदेशमा सरकार बनायो । तर, कांग्रेस कतै पनि सरकारको दाबी गर्ने स्थितिमै रहेन । एमालेको सहयोगमा पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि कांग्रेस केन्द्रदेखि प्रदेशसम्मै एक्लिएको हो ।

    संघदेखि प्रदेशसम्मै एक्लिएको कांग्रेसले एमाले÷कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन दिए नयाँ समीकरणमा खेल्न खोजेको छ । प्रधानमन्त्री प्रचण्डलाई मंगलबार प्रतिनिधिसभामा विश्वासको मत दिएको कांग्रेसले यस्तै अभ्यास प्रदेशमा पनि गर्ने संकेत दिएको छ । तर, प्रदेशका हकमा सर्तहरू राखिएका छन् ।

    नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा संघीय अभ्यास अनुसार प्रदेशमा पनि सरकारलाई समर्थन दिन तयार रहेको बताउँछन् । तर, यसका लागि सभामुख आफूहरुलाई दिनुपर्ने उनको माग छ ।