यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय - Chaitanya News
  • 2026-07-14
  • 18:28:46
  • मंगलबार,आषाढ ३०, २०८३
  • यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

    यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

    काठमाडौं– आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले गरेका मुख्य ५ निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः

    –बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने।

    –सशस्त्र प्रहरी बल, नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने।

    –अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने।

    –नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने।

    –अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने।