Chaitanyakhabar
काठमाडौँ–आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले केही बेरमा बस्ने गरी बैठक बोलाइएको हो।
आत्मनिर्भर राष्ट्रको पहिलो पहिचान नैतिक नागरिक
रसुवा बाढीः सेनाको उद्धार जारी, ४० विदेशीसहित ७०६ जनाको हवाई उद्धार
नेपालमा जारी राहत तथा उद्धार कार्यका लागि थप राहत सामग्री पठाउने भारतको तयारी
भोटेकोशीको नदी थुनिएको विषयमा चीनसँग नियमित संवाद, तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाइ
तोमनाथ उप्रेती: आत्मनिर्भरता एउटा व्यापक राष्ट्रिय चेतना हो, जसको आधार आर्थिक क्षमतासँगै नागरिकको चरित्र, जिम्मेवारी र नैतिक अनुशासनमा टिकेको हुन्छ। कुनै राष्ट्रले आफ्ना आवश्यकता आफैँ पूरा गर्न सक्ला, तर यदि उसका नागरिक सार्वजनिक सम्पत्तिप्रति उदासीन, कर्तव्यप्रति विमुख, कानुनप्रति अनादरपूर्ण र व्यक्तिगत लाभका लागि सामूहिक हितलाई तिलाञ्जली दिने प्रवृत्तिका छन् भने त्यस्तो आत्मनिर्भरता दीगो हुन सक्दैन।…
काठमाडौँ– रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोज तथा उद्धारमा नेपाली सेनाले करिब चार हजार पाँच सयभन्दा बढी फौज परिचालन गरेको छ। नेपाली सेनाका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म ४० विदेशी नागरिकसहित ७०६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। टिमुरे, स्याफ्रुवेशी र मैलुङलगायत बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टरमार्फत उनीहरूको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएका विदेशी नागरिकमध्ये…
काठमाडौँ– भारतले नेपालमा जारी राहत तथा उद्धार कार्यका लागि थप राहत सामग्री पठाउने तयारी गरेको छ। भारतीय विदेश मन्त्री एस. जयशंकरले राहत तथा उद्धार प्रयासबारे शुक्रबार पनि सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका छन्। छलफलमा भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे जानकारी गराएका हुन्। जयशंकरले नेपालसम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको उल्लेख…
काठमाडौँ– सरकारले भारतसँग जिटुजी खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गर्ने भएको छ। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त माध्यमबाट मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि जानकारी दिए।
काठमाडौं– मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू नेपाल–चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लाहरूमा क्षति पुगेका व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज…
काठमाडौँ– रसुवामा आएको बाढीबाट प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाले शुक्रबार दिउँसो १२ः२० बजेसम्म १७ विदेशी नागरिकसहित ४४९ जनाको हवाई उद्धार गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी र मैलुङलगायत क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो। साढे चार हजारभन्दा बढी सैनिक परिचालित बाढी प्रभावित जिल्लाहरूमा खोज, उद्धार, आपत्कालीन उपचार तथा राहत वितरणका लागि…