‘नीतिगत सुधार र आर्थिक निकासमार्फत मुलुकको समस्या समाधान गर्न सरकार पूर्ण रूपमा प्रतिवद्ध छ’ : मन्त्री लम्साल - Chaitanya News
  • 2026-08-29
  • 14:50:53
  • शनिबार,भाद्र १३, २०८३
  • ‘नीतिगत सुधार र आर्थिक निकासमार्फत मुलुकको समस्या समाधान गर्न सरकार पूर्ण रूपमा प्रतिवद्ध छ’ : मन्त्री लम्साल

    ‘नीतिगत सुधार र आर्थिक निकासमार्फत मुलुकको समस्या समाधान गर्न सरकार पूर्ण रूपमा प्रतिवद्ध छ’ : मन्त्री लम्साल

    काठमाडौँ– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकमा विद्यमान आर्थिक शिथिलता र सामाजिक निराशालाई नीतिगत सुधारका माध्यमबाट सम्बोधन गर्न सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताएका छन्।

    आज (मंगलबार) प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सरकारले १०० दिनभित्रै कतिपय ऐन संशोधन गरी सुधारको मार्गप्रशस्त गरिसकेको दाबी गरे।

    केही दिनअघि घटेको आत्मदाहको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्री लम्सालले यस्ता घटनाको पछाडि लामो समयदेखिको आर्थिक अभाव, न्यायमा पहुँचको कमी र सामाजिक विकृति मुख्य कारण रहेको उल्लेख गरे।

    विशेषगरी भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्ने मजदुर, भेन्डर र पेटी कन्ट्राक्टरहरूले मुख्य ठेकेदारबाट भुक्तानी नपाउँदा ठूलो समस्या सिर्जना भएको उनको भनाइ थियो।