गृहमन्त्री गुरुङलाई लक्ष्य गर्दै ज्ञानेन्द्रले भने: ‘पानी बाँड्न गएको भनेर राज्यसत्तामा पुग्ने गतिविधि राजनीतिकरण हो’ - Chaitanya News
  • 2026-07-14
  • 13:32:12
  • मंगलबार,आषाढ ३०, २०८३
  • गृहमन्त्री गुरुङलाई लक्ष्य गर्दै ज्ञानेन्द्रले भने: ‘पानी बाँड्न गएको भनेर राज्यसत्तामा पुग्ने गतिविधि राजनीतिकरण हो’

    गृहमन्त्री गुरुङलाई लक्ष्य गर्दै ज्ञानेन्द्रले भने: ‘पानी बाँड्न गएको भनेर राज्यसत्तामा पुग्ने गतिविधि राजनीतिकरण हो’

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङलाई लक्ष्य गर्दै जेन जेड आन्दोलनमा विद्यार्थीलाई ढाल बनाएर राजनीतिकरण गर्दै राज्य सत्तामा पुगेको बताएका छन्।

    गृहमन्त्री गुरुङले यसअघिको बैठकमा संसदमा बोल्ने क्रममा मुगुका गणेश नेपाली आत्मदाहपछि मृत्यु घटनाबारे राजनीतिकरण गर्न खोजेको भन्दै विपक्षी दलहरूलाई कटाक्ष गरेका थिए।

    यसतर्फ लक्ष्य गर्दै मंगलवार प्रतिनिधि सभा बैठकमा सांसद शाहीले आफूहरूले जनतालाई उद्धार गर भन्नु राजनीतिकरण नहुने बरु पानी बाँड्न गएको व्यक्ति राज्यसत्तामा पुग्नु राजनीतिकरण हुने बताएका हुन्।

    ‘मानिसले आत्महत्या किन गर्नुपर्‍योरु कर्णालीको भिरमा रहेका नागरिकको समयमा उद्धार हुन नपाएर किन मर्न बाध्य भए, समयमै किन हेलिकप्टर पठाइएन भनेर हामी सोध्छौँ तब गृहमन्त्रीले जबाफ दिनुहुन्छ–यसलाई राजनीतिकरण गरियो भन्नुहुन्छ। वास्तविक राजनीतिकरण के हो भने पानी बाँड्न गएको हुँ भन्ने, पोसाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ, भिरमा अड्केको मानिसलाई उद्धार गर भन्नु राजनीतिकरण होइन।’ उनले भने