काठमाडौं– ‘शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली २०८३’ प्रति शैक्षिक परामर्श संघ–संस्थाहरूले आपत्ति जनाएका छन्।
१४ वटा शैक्षिक परामर्श संघसंस्थाहरूले विज्ञप्ति निकालेर मन्त्रिपरिषद्बाट स्वीकृत भएको नियमावलीप्रति आपत्ति जनाएका हुन्।
नियमावलीमा अव्यावहारिक धरौटीसम्बन्धी व्यवस्था रहेको, अत्यधिक प्रशासनिक नियन्त्रण तथा जटिल प्रक्रिया रहेको, अस्पष्ट कानुनी व्यवस्था तथा स्वेच्छाचारी व्याख्याको जोखिम रहेको भन्दै उनीहरूले उक्त नियमावीप्रति आपत्ति जनाएका हुन्।
उक्त अव्यावहारिक धरौटीसम्बन्धी व्यवस्था पूर्णमा रूपमा हटाउनुपर्ने, विद्यार्थीको सुरक्षा र आर्थिक हित संरक्षण गर्न धरौटीको सट्टा उपयुक्त बीमा, क्षतिपूर्ति तथा संरक्षण प्रणाली लागुगर्ने पर्ने लगायत माग उनीहरूले राखेका छन्।
![]()
![]()
![]()
![]()