नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई - Chaitanya News
  • 2026-06-05
  • 08:06:42
  • शुक्रबार,जेठ २२, २०८३
  • नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

    नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

    काठमाडौं– काठमाडौंमा जारी नेपाल टी२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो।

    लुम्बिनीले उपाधिसँगै ५० लाख रुपैयाँ प्राप्त गरेको छ। १३ खेल खेल्दा ६ खेलमा हार ब्यहोरेको उपविजेता विराटनगरले ३० लाख हात पार्यो। तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाएको छ।

    एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ९ रनमै समेटिएको थियो।