मुख्यसचिवमा गोविन्द कार्की नियुक्त गर्ने सरकारको निर्णय - Chaitanya News
  • 2026-07-08
  • 18:25:14
  • बुधबार,आषाढ २४, २०८३
  • मुख्यसचिवमा गोविन्द कार्की नियुक्त गर्ने सरकारको निर्णय

    मुख्यसचिवमा गोविन्द कार्की नियुक्त गर्ने सरकारको निर्णय

    काठमाडौँ– सरकारले नेपाल सरकारको मुख्यसचिवमा गोविन्द कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

    हालका मुख्यसचिव सुमनराज अर्याल शुक्रबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि मन्त्रिपरिषद्को बैठकले सचिवहरूमध्येबाट कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

    कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन्।

    मुख्यसचिव नेपालको निजामती प्रशासनको सर्वोच्च पद हो। मुख्यसचिवले मन्त्रिपरिषद्का निर्णय कार्यान्वयनको समन्वय, संघीय निजामती प्रशासनको नेतृत्व तथा प्रशासनिक व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने व्यवस्था छ।