कानुनमन्त्री सोबिता गौतमका सय दिनः यस्ता छन् उपलब्धि, हेर्नुस् सूची - Chaitanya News
  • 2026-07-03
  • 18:46:13
  • शुक्रबार,आषाढ १९, २०८३
  • कानुनमन्त्री सोबिता गौतमका सय दिनः यस्ता छन् उपलब्धि, हेर्नुस् सूची

    कानुनमन्त्री सोबिता गौतमका सय दिनः यस्ता छन् उपलब्धि, हेर्नुस् सूची

    काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमका सय दिन पुरा भएका छन् । उनले आफू मन्त्री बनेपछिका मुख्य कार्यविवरण सार्वजनिक गरेकी छिन्।

    चैत १३ गतेदेखि हालसम्म कानुन मन्त्रालयबाट भएका कामहरूको सूची उनले सचिवालयमार्फत सार्वजनिक गरेकी हुन्।

    जस अनुसार, नयाँ कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिइएका १० वटा विधेयक रहेका छन् भने तर्जुमा सहमति दिइएका १४ विधेयक रहेका छन्।

    तर्जुमाका लागि सहमति दिइएका ८ वटा अध्यादेश, २४ नियमावली, ९ वटा गठन आदेश लगायतका कार्य उनले आफ्नो कार्यसूचीमा सार्वजनिक गरेकी छिन्।

    अन्तर्राष्ट्रिय सन्धी सम्झौता सम्बन्धी कार्य अन्तर्गत कानूनी राय प्रदान गरेको सम्झौता ५ वटा, ३२ वटा सन्धी सम्झौतामा राय परामर्श भएको मन्त्रालयले जनाएको छ।

    संक्रमणकालीन न्यायसम्बन्धी कार्य अन्तर्गत नियमावली मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पठाइएको, पीडित र उजुरीकर्ताको विवरण तयार हुने व्यवस्था गरिएको लगायतका कार्य समावेश छन्।

    यस्ता छन् सय दिने कार्यविवरण: