४० वर्षपछि नकआउट चरणमा जित, सहआयोजक मेक्सिको फिफा विश्वकपको अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश - Chaitanya News
  • 2026-07-01
  • 11:25:23
  • बुधबार,आषाढ १७, २०८३
  • ४० वर्षपछि नकआउट चरणमा जित, सहआयोजक मेक्सिको फिफा विश्वकपको अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश

    ४० वर्षपछि नकआउट चरणमा जित, सहआयोजक मेक्सिको फिफा विश्वकपको अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश

    काठमाडौं– मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा बुधबार बिहान भएको खेलमा सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ।

    इक्वेडरलाई २–० हराउँदै घरेलु टोलीले अन्तिम १६ मा स्थान पक्का गरेको हो।

    मेक्सिकोको जितमा राउल जिमेनेज र जुलियन क्विनोनेसले गोल गरे। खेलको २१औं मिनेटमा जुलियनले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए। ३१औं मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन। र मेक्सिको घरेलु मैदानमा २–० ले विजयी भयो।

    अज्टेका स्टेडियममा मेक्सिकोले अपराजित यात्रा कायम राखेको छ। योसँगै मेक्सिकोले ४० वर्षपछि विश्वकपको नकआउट चरणमा जित निकालेको छ। यसअघि मेक्सिकोले सन् १९८६ यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन।

    मेक्सिकोले समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो।

    हारसँगै इक्वेडरको विश्वकप यात्रा सकिएको छ। पाँचौंपटक विश्वकप खेलेको इक्वेडरले दोस्रोपटक समूह चरण पार गरेको थियो।