काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुँदैछ।
आज बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो। सभापति लामिछानेले भने महाधिवेशनकै क्रममा भरतपुरमा पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।