परीक्षा सकिएको एक हप्ताभित्र नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-11-16
  • 02:24:01
  • आइतबार,कार्तिक ३०, २०८३
  • परीक्षा सकिएको एक हप्ताभित्र नतिजा सार्वजनिक

    परीक्षा सकिएको एक हप्ताभित्र नतिजा सार्वजनिक

    बागमती– बागमती विश्वविद्यालयले विश्वविद्यालयअन्तर्गत सञ्चालित तीन वटा संकायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा सार्वजनिक गरेको छ।

    विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी बनाउँदै परीक्षाफल समयमा नै प्रकाशन गर्ने लक्ष्यअनुरूप परीक्षा सम्पन्न भएको सातौँ दिनमा आज तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज) का अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए।

    विश्वविद्यालयले एक वर्षयता व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी)का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) संकायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै संकायको पहिलो सेमेष्टरको परीक्षाफल प्रकाशन गरेको उनले बताए।

    प्रकाशित परीक्षाफलमा व्यवस्थापन र कानुन संकाय (म्यानेजमेन्ट एन्ड ल)मा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) संकायमा ७९.०३ प्रतिशत र शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) संकायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विश्वविद्यालयले जनाएको छ।