काठमाडौँ– उपसचिव वा सो सरहको पदमा बढुवा नियुक्तिका लागि सिफारिस भएका उम्मेदवार भगतराज आचार्यको नियुक्ति सिफारिस बदर गरिएको छ। आज (बुधबार) लोक सेवा आयोगको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै उक्त निर्णयको जानकारी गराएको हो।
आयोगको विज्ञापन नम्बर १७१७८–०८२–८३ (आ.प्र.) अन्तर्गत यसअघि सूचना नम्बर २१६१–०८२–८३ (मिति २०८३–०१–१४) मार्फत आचार्यलाई बढुवा नियुक्तिका लागि सिफारिस गरिएको थियो। तर, उक्त सिफारिसविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा नयाँ तथ्य फेला परेको आयोगले जनाएको छ।
आयोग ऐन, २०७९ को दफा ३८ को उपदफा (३) बमोजिम आचार्यको दरखास्त, परीक्षा, अन्तर्वार्ता तथा नियुक्तिको सिफारिससमेत बदर गर्ने निर्णय गरेको आयोगले जनाएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी आचार्यलाई प्रचलित कानुन बमोजिम आवश्यक कारबाही चलाउनका लागि (हिजो) मंगलवार बसेको बैठकको निर्णयले गरेको सूचनामा उल्लेख छ।
![]()