रास्वपा महाधिवेशनः सदस्य ५ लाख २३ हजार ४६५, महिला १७ प्रतिशत मात्रै - Chaitanya News
  • 2026-06-23
  • 19:24:51
  • मंगलबार,आषाढ ०९, २०८३
  • रास्वपा महाधिवेशनः सदस्य ५ लाख २३ हजार ४६५, महिला १७ प्रतिशत मात्रै

    रास्वपा महाधिवेशनः सदस्य ५ लाख २३ हजार ४६५, महिला १७ प्रतिशत मात्रै

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ।

    चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन्। जसअनुसार पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ भने महिलाको संख्या ८९ हजार ८९६ रहेको छ।

    अन्य ५८८ जना रहेका छन्। लैंगिकता थाहा नभएको वा नखुलाउनेको संख्या ३६ हजार १९२ रहेको छ।

    प्रतिशतका हिसाबले यो सदस्य संख्यामा पुरुष ७५.८ प्रतिशत, महिलाको प्रतिशत १७.२ प्रतिशत हो। अन्य ०.१ र नखुलाएकोमा ६.९ प्रतिशत रहेको छ।

    रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ। प्रतिवेदनहरू पेस भइसकेपछि सभापति र केन्द्रीय सदस्यका लागि निर्वाचन प्रकृया सुरु हुनेछ।

    ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। निर्वाचित हुने ९९ जनामा ७ प्रदेशबाट ५ः५ जना अनिवार्य हुने छन् भने प्रदेशमा ५ जना चयन हुँदा २ महिला हुनेछन्। अन्य ६४ पदमा खुला प्रतिस्पर्धा हुनेछ।

    पार्टीको केन्द्रीय सभापति र ९९ केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको लागि निर्वाचन हुनेछ।

    पार्टी सदस्य विवरण: