काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राजा ल्याउँछ भनेर जनताले भोट दिएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा सुरु भएको प्रथम अधिवेशन उद्घाटन समारोहमा लिङ्देनले जनताको चाहना सम्बोधन गर्न सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरे।
‘प्रधानमन्त्रीजीलाई थाहा छ, सभापतिलाई थाहा छ, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ,’ लिङ्देनले भने, ‘नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा र तर राप्रपालाई नदिएर ‘बालेनले राजा ल्याउँछ’ भनेर तपाईँलाई भोट दिएका छन्। सकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ। तपाईँहरूले जनताको यो विशिष्ट चाहानालाई सम्बोधन गर्नुपर्नेछ।’
उनले अहिलेको संविधान र व्यवस्थामा पनि समस्या भएकाले संविधान संशोधन गर्नुपर्ने लिङदेनले तर्क गरे।