काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।
चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मुलुकको परिवर्तन, मुलुकमा रहेका विकृति र विसंगतिको अन्त्यका लागि रास्वपा सँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन्।
उनले करिब दुई तिहाइको रास्वपाको सरकारले संविधानमा रहेका कमीकमजोरीलाई सच्याए अघि बढ्न सुझावसमेत दिए। जनताका आकांक्षाहरू पूरा गर्न पनि सरकारले प्रतिबद्ध भएर लाग्नुपर्ने उनको भनाइ छ।