यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर - Chaitanya News
  • 2026-06-21
  • 10:23:54
  • आइतबार,आषाढ ०७, २०८३
  • यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ– आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २०० रुपैयाँ १३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १० पैसा र बिक्रीदर २३ रुपैयाँ १९ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २१ पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ १४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ७९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।