कक्षा १२ को नतिजा: १७ हजार ७८६ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए - Chaitanya News
  • 2026-06-19
  • 13:38:48
  • शुक्रबार,आषाढ ०५, २०८३
  • कक्षा १२ को नतिजा: १७ हजार ७८६ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए

    कक्षा १२ को नतिजा: १७ हजार ७८६ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार नियमिततर्फ परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थिमध्ये २ लाख ३१ हजार ७७० जना (६९.७५ प्रतिशत) ग्रेडेड भएका छन्। १ लाख ४७१ जना विद्यार्थी ननग्रेड भएका छन्।

    नतिजाअनुसार ३.६१ देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ। त्यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने ९४ हजार २४९ जना र २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने ५० हजार ५९७ जना विद्यार्थी ग्रेडेड भएका छन्।

    यस्तै, २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना तथा १.६१ देखि २.०० जीपीए प्राप्त गर्ने ९ जना विद्यार्थी रहेका छन्।

    आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ३६ हजार ४२० जना (४२.३८ प्रतिशत) ग्रेडेड भएका छन्।

    नियमित र आंशिक दुवै समूह गरी कुल ४ लाख १८ हजार १७० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। समग्रमा ग्रेडेड हुनेको प्रतिशत ६४.१३ रहेको बोर्डले जनाएको छ।

    बोर्डका अनुसार नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी ४० जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ।