कक्षा १२ को नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-06-19
  • 11:52:44
  • शुक्रबार,आषाढ ०५, २०८३
  • कक्षा १२ को नतिजा सार्वजनिक

    कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। आज (शुक्रवार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको गरेको हो।

    परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए। यसपटक नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।

    जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए। त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए।

    देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो।