हाइकुहरू - Chaitanya News
  • 2026-06-18
  • 20:03:29
  • बिहिबार,आषाढ ०४, २०८३
  • तोमनाथ उप्रेती:

    १.
    मनमा कालो धुवाँ
    अरूको उज्यालो देख्दा
    शान्ति हराउँदै।

    २.
    हासो बाहिर छ
    भित्र त डाहा आगो झैँ
    हृदय जलिरहेछ।

    ३.
    चुपचाप नजर
    अरूको खुशीतिरै
    आफ्नो मन भारी।

    ४.
    दुई फूल उज्यालो
    एउटा उज्यालोमा फुल्छ
    अर्को ओइलायो।

    ५.
    डाहाको बीउ
    मनको गहिरो कुनामा
    बिस्तारै उम्रिँदै।

    ६.
    अरूको सफल
    आँखा पोल्ने उज्यालो झैँ
    मन अँध्यारो भो।

    ७.
    आफ्नै छायासँग
    तुलनाको युद्ध चल्छ
    शान्ति टाढा हुन्छ।

    ८.
    सफलता उनी
    मेरो मन खाली घाम झैँ
    रात झर्छ भित्र।

    ९.
    मौन युद्धभूमि
    इर्ष्या र आशाको बीच
    हृदय थाकेको।

    १०.
    ताली बाहिर छ
    भित्र आँधी चलिरहेछ
    खुशी हराउँदै।

    ११.
    उड्न खोज्ने मन
    डाहाले पखेटा काट्छ
    आकाश टाढा भो।

    १२.
    तुलनाको बाटो
    शान्ति सधैं छुटिरहन्छ
    आफैँ हराइन्छ।

    १३.
    पवित्र पानीमा
    डाहाको विष मिसिँदा
    सबै धमिलो भो।

    १४.
    उनको बाटो हेर्छु
    आफ्नो पाइला बिर्सन्छु
    जीवन अल्झिन्छ।

    १५.
    शान्ति ढोका बाहिर
    डाहाले चाबी लिन्छ
    मन बन्द भइन्छ।