फिफा विश्वकप २०२६: पहिलो हाफमा कोलम्बियाको अग्रता - Chaitanya News
  • 2026-06-18
  • 10:54:13
  • बिहिबार,आषाढ ०४, २०८३
  • फिफा विश्वकप २०२६: पहिलो हाफमा कोलम्बियाको अग्रता

    फिफा विश्वकप २०२६: पहिलो हाफमा कोलम्बियाको अग्रता

    काठमाडौं– मेक्सिकोको अज्टेका स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत कोलम्बियाले उज्बेिकस्तान विरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ।

    खेलमा कोलम्बियाका डानिएल मुनोजले ४०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन्। उनले लुइस डियाजको पासमा वान टच फिनिसिङ गरे।

    एसियाली राष्ट्र उज्बेकिस्तानले यसै खेलबाट विश्वकपमा डेब्यु गरेको हो। सन् २००६ मा इटालीलाई विश्वकप जिताउँदाका कप्तान फाबियो कानभारो हाल उज्बेकिस्तानको प्रशिक्षक छन्।