फिफा विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी - Chaitanya News
  • 2026-08-02
  • 12:18:53
  • आइतबार,साउन १७, २०८३
  • फिफा विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    फिफा विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    काठमाडौँ– क्यानडाको टोरन्टो स्टेडियममा आज (बिहीवार) भर्खरै सम्पन्न भएको फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एल’को खेलमा घाना विजयी भएको छ।

    खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो। कालेब यिरेनकीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल सावित भयो। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे। यस जितसँगै घानाले शीर्ष तीन अंक जोडेको छ।

    समूह ‘एल’ मा तीन अंक जोडेको इङ्ग्यान्ड शीर्ष स्थानमा छ। समान तीन अंक नै बटुलेको घाना दोस्रो स्थानमा छ। अङ्कविहीन रहेका पानामा र क्रोएसिया तेस्रो र चौथो स्थानमा छन्। विश्वकपअन्तर्गत समूह ‘के’ को खेलमा अहिले नेपाली समयअनुसार ७ः४५ बजे उज्वेकिस्तान र कोलोम्बियाबीच प्रतिस्पर्धा हुँदैछ।