कुवेत जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न खुश्बु ओलीको माग - Chaitanya News
  • 2026-08-03
  • 19:05:21
  • सोमबार,साउन १८, २०८३
  • कुवेत जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न खुश्बु ओलीको माग

    कुवेत जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न खुश्बु ओलीको माग

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका र अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

    आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेर अमानवीय पीडा भोग्न बाध्य नेपाली महिलाहरूको अवस्था भयावह रहेको बताइन्।

    उनले कुवेतमा समस्यामा परेकी नेपाली चेली शर्मिला दर्जीलाई निकै प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै सोही क्रममा त्यहाँ रहेका अन्य नेपाली महिलाहरूको कारुणिक अवस्था रहेको पनि बताइन्।

    आफूले सदनमा तीन पटकसम्म विषय उठाएको र नेपाली राजदूतावाससँगको निरन्तर समन्वयपछि शर्मिला दर्जीलाई स्वदेश फर्काउन सफल भएको उनले बताइन्।