प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ? - Chaitanya News
  • 2026-06-15
  • 10:53:09
  • सोमबार,आषाढ ०१, २०८३
  • प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?

    प्रतिनिधि सभाको बैठक बस्दै, के छ कार्यसूची ?

    काठमाडौँ– प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक आज (सोमबार) बिहान ११:०० बजे बस्ने तय भएको छ।

    आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ। सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ।

    यस्तै, आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।