कामपाका १०१ कार्यक्रम पेस, मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्म (पूर्णपाठसहित) - Chaitanya News
  • 2026-06-14
  • 18:18:55
  • आइतबार,जेठ ३१, २०८३
  • कामपाका १०१ कार्यक्रम पेस, मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्म (पूर्णपाठसहित)

    कामपाका १०१ कार्यक्रम पेस, मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्म (पूर्णपाठसहित)

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम नगर सभामा पेस गरेकी छिन्।

    आज (आइतबार) डंगोलले महानगरपालिकाको नगर सभाको १९औँ अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गरेकी हुन्। उनले पेस गरेको नीति तथा कार्यक्रममा मोटरसाइकल एम्बुलेन्सदेखि सडक कुकुर र बाँदर नियन्त्रणसम्मका विषय उल्लेखमा गरिएको छ।

    ‘निस्शुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्रका साँघुरा सडक र बढ्दो सवारी चापलाई मध्यनजर गर्दै बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।