अध्यागमन ऐन संशोधनको तयारीमा सरकार - Chaitanya News
  • 2026-06-14
  • 18:00:00
  • आइतबार,जेठ ३१, २०८३
  • अध्यागमन ऐन संशोधनको तयारीमा सरकार

    अध्यागमन ऐन संशोधनको तयारीमा सरकार

    काठमाडौँ– गृह मन्त्रालयले अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार गरी सर्वसाधारणसँग राय माग गरेको छ।

    गृह मन्त्रालयका अनुसार विदेशीको नेपालमा प्रवेश, उपस्थिति र नेपालबाट हुने प्रस्थानलाई नियमित तथा व्यवस्थित गर्न र नेपाली नागरिकको विदेश प्रस्थान र नेपाल आगमनलाई व्यवस्थित गर्न प्रचलित ऐनमा आवश्यक संशोधन गर्न लागिएको छ।

    जसअनुसार कुनै विदेशीलाई नेपालमा प्रवेश वा उपस्थिति हुन दिने वा नदिने वा नेपालबाट प्रस्थान गर्न दिने वा नदिने सम्बन्धी सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित रहनेछ। कुनै विदेशी नेपालभित्र प्रवेश गर्न वा नेपालमा बस्न सम्बन्धित मुलुकको राहदानी र नेपालको भिसा लिएको हुनु पर्नेछ।

    नेपाल सरकारले कुनै मुलुकका नागरिकलाई नेपाल सरकार र त्यस्तो मुलुकबीच भएको सम्झौताका आधारमा नेपालभित्र प्रवेश गर्न वा बस्न दिन सक्नेछ र त्यसरी नेपालभित्र प्रवेश गर्दा वा बस्दा तोकिए बमोजिमका कागजात पेस गर्नु पर्नेछ।

    साथै, कुनै विदेशीलाई अध्यागमन अधिकृतले नेपालको भिसा दिन वा नेपालभित्र प्रवेश गर्न नेपालको अध्यागमन जाँच बिन्दुमा नै इन्कार गर्न पनि सक्ने छ भने राहदानी, भिसा वा यात्रा सम्बन्धी कागजात शंकास्पद देखिएको वा वैध नरहेको अवस्थामा यस्तो कार्य गर्न सक्ने प्रावधान राखिएको छ (।