प्रधानमन्त्रीले आज विश्वासको मत लिने, सुविधाजनक वहुमत - Chaitanya News
  • 2026-10-29
  • 06:21:58
  • बिहिबार,कार्तिक १३, २०८३
  • प्रधानमन्त्रीले आज विश्वासको मत लिने, सुविधाजनक वहुमत

    प्रधानमन्त्रीले आज विश्वासको मत लिने, सुविधाजनक वहुमत

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (मंगलबार) विश्वासको मत लिँदैछन् । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

    बैठक बिहान ११ बजे बस्ने छ । प्रधानमन्त्रीका रुपमा समर्थन दिएका दलका सांसदहरूले पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीलाई संसद्ले म्यान्डेट प्राप्त हुनेछ ।

    यदि, प्रचण्डले विश्वासको मत पाउन नसकेमा नयाँ प्रधानमन्त्रीको प्रक्रिया सुरु हुनेछ । विश्वासको मत पाएमा भने प्रधानमन्त्रीका रुपमा देशको कार्यकारी नेतृत्व गरेर अघि बढ्न प्रचण्डलाई वैधानिक बाटो खुला हुनेछ ।

    प्रधानमन्त्रीलाई विश्वासको मत पाउनका लागि सुविधाजनक वहुमत रहेको छ ।