नेपाल सरकारद्वारा सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-06-12
  • 10:24:54
  • शुक्रबार,जेठ २९, २०८३
  • नेपाल सरकारद्वारा सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान

    नेपाल सरकारद्वारा सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान

    काठमाडौँ– नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिद पुनरावलोकन समितिमा रिक्त रहेका एक जना अध्यक्ष र दुई जना सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    आज (शुक्रबार) कार्यालयले एक सूचना निकाल्दै समितिमा रिक्त रहेको एक जना अध्यक्ष र दुई जना सदस्य पदमा नियुक्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४९ बमोजिमको कार्य गर्नका लागि सोही ऐनको दफा ४८ अनुसार यी पदहरूमा पदपूर्ति गर्न लागिएको कार्यालयले जनाएको छ।

    इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

    आवेदन फाराम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।