काँग्रेस क्रियाशील सदस्यता अद्यावधिकः ५ लाख ३८ हजारले प्राप्त गरे एसीआईडी प्राप्त - Chaitanya News
  • 2026-06-12
  • 10:24:53
  • शुक्रबार,जेठ २९, २०८३
  • काँग्रेस क्रियाशील सदस्यता अद्यावधिकः ५ लाख ३८ हजारले प्राप्त गरे एसीआईडी प्राप्त

    काँग्रेस क्रियाशील सदस्यता अद्यावधिकः ५ लाख ३८ हजारले प्राप्त गरे एसीआईडी प्राप्त

    काठमाडौँ– नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समयसीमा भित्र ५ लाख ३८ हजार ६ सय २२ जनाले एसीआईडी प्राप्त गरेका छन्।

    यसबाहेक १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी अद्यावधिक प्रक्रियामा रहेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

    गएराति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिने व्यवस्था गरिएको थियो। कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यहरूमध्ये तोकिएको समयमा अद्यावधिक गरेका र प्रक्रियामा सामेल भएकोको कुल संख्या भने ६ लाख ८७ हजार ९ सय ३१ रहेको छ।

    इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली काँग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा अद्यावधिक प्रक्रियामा रहेकालाई थप व्यवस्थित गरिने पार्टीले जनाएको छ।

    नयाँ क्रियाशील सदस्यता वितरण कार्य भने अर्को सूचना जारी नभएसम्मका लागि खुल्ला रहने भएको छ।