‘दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु’ : अर्थमन्त्री वाग्ले - Chaitanya News
  • 2026-06-11
  • 13:36:00
  • बिहिबार,जेठ २८, २०८३
  • ‘दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु’ : अर्थमन्त्री वाग्ले

    ‘दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु’ : अर्थमन्त्री वाग्ले

    काठमाडौँ– अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

    आज (बिहीबार) संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

    नैतिकताको उच्च कडिमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनी समितिमा भावुक भए।

    ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरूमा छ ?