प्रदेश १ मा मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ - Chaitanya News
  • 2026-05-08
  • 20:06:37
  • शुक्रबार,बैशाख २५, २०८३
  • प्रदेश १ मा मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ

    प्रदेश १ मा मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ

    विराटनगर- प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। कार्कीले तीन जनालाई मन्त्री पनि नियुक्त गरेका छन्।

    एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन्। उनीहरूले विना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण पनि गरिसकेका छन्।

    प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने सहभागी भएको छैन। उसले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म सरकारमा सहभागी नहुने अडान लिएको छ।