ज्ञानेन्द्र शाहीको प्रश्न: भोलि हाम्रो मिचेको भूमि देऊ भन्यो भने कहाँको दिने ? - Chaitanya News
  • 2026-06-10
  • 20:11:18
  • बुधबार,जेठ २७, २०८३
  • ज्ञानेन्द्र शाहीको प्रश्न: भोलि हाम्रो मिचेको भूमि देऊ भन्यो भने कहाँको दिने ?

    ज्ञानेन्द्र शाहीको प्रश्न: भोलि हाम्रो मिचेको भूमि देऊ भन्यो भने कहाँको दिने ?

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देशको प्रधानमन्त्री बालेन्द्र शाहले बोलेको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    ‘अहिले प्रधानमत्रीले बोले आज रास्वपाको प्रधानमन्त्री हुनुहुन्छ बोल्नुभयो भन्ने विषयवस्तु होइन, भोलि अर्को प्रधानमन्त्री आउँदा तिम्ले हाम्रो देशको सीमा मिचेका छौं, कहाँकहाँ मिचेका छौं देऊ भन्योभने कहाँको भूमि दिने ?’ शाहीले भने, ‘अति संवेदनशील मुद्दा हो।’

    धेरैले संसद् काम गर्ने थलो हो भनेको बताउँदै उनले भने, ‘यो पनि काम नै हो। देशभन्दा ठूलो अरु केही पनि छैन। राष्ट्रभन्दा ठूलो अरु के छ र रु’

    देशको इतिहास अहिले चुनाव गरेजस्तो, गीत गाएजस्तो केही गरेर चुनाव जितेजस्तो नभएको उनले बताए। ‘नेपाल देश भएकै कारण अहिले हामी कोही मन्त्री, कोही सांसद भएका छौं। त्यसैले देशको कुरा आउँदा त्यसै स्वीकार गर्ने कुरा आउँदैन,’ शाहीले भने।

    सीमाको विषयमा प्रधानमन्त्रीको जवाफ चाहिने उनले बताए। उनले भने, ‘यो चिया पसलमा दिएको अभिव्यक्ति होइन, देशको प्रधानमन्त्रीले संसदको रोस्ट्रममा उभिएर दिएको अभिव्यक्ति हो।’