‘सीमा नदीमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बनले क्रस बोर्डर अकुपेसन समस्या छ’ : परराष्ट्रमन्त्री खनाल - Chaitanya News
  • 2026-06-10
  • 18:28:03
  • बुधबार,जेठ २७, २०८३
  • ‘सीमा नदीमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बनले क्रस बोर्डर अकुपेसन समस्या छ’ : परराष्ट्रमन्त्री खनाल

    ‘सीमा नदीमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अवलम्बनले क्रस बोर्डर अकुपेसन समस्या छ’ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं– आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादित अभिव्यक्तिबारे धारणा राख्दै परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताएका छन्।

    ‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलतस् दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्,’ मन्त्री खनालले भने, ‘नेपाल–भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा फिक्स्ड बाउन्ड्री प्रिन्सिपल अबलम्बन गरिएकोले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गा खेतीपाती गर्ने बसोबास गर्ने अवस्था रहेको छ।’

    उनले सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै दुई देशबीच सीमाको नक्सांकन हुन बाँकी रहेको पनि संसद्लाई जानकारी दिए। ‘ती स्थानबाहेक अन्य केही स्थानमा क्रस बोर्डर अकुपेसन तथा दशजगा अतिक्रमणको समस्याहरु विद्यमान छन्,’ उनले भने।

    दुवै देशले सीमा सम्बन्धी विवाद आपसी संवाद र कूटनीतिक माध्यमबाटै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि उनले बताए।

    सीमा व्यवस्थित भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा अतिक्रमण अध्ययन गर्न दुई देशका प्राविधिक टोली क्रियाशील रहेको बताउँदै परराष्ट्रमन्त्री खनालले भने, ‘लामो समयदेखि अवरुद्ध प्राविधिक टोलीको काम सीमा क्षेत्रमा क्रियाशील छ । र, संयुक्त रूपमा लगत संकलनको काम भइरहेको छ।’