संसद् अवरोध अन्त्यबारे मध्यमार्गी प्रस्तावमा विपक्षी दलहरूको पहल, रास्वपाको धारणा अस्वीकार - Chaitanya News
  • 2026-06-17
  • 19:06:26
  • बुधबार,आषाढ ०३, २०८३
  • संसद् अवरोध अन्त्यबारे मध्यमार्गी प्रस्तावमा विपक्षी दलहरूको पहल, रास्वपाको धारणा अस्वीकार

    संसद् अवरोध अन्त्यबारे मध्यमार्गी प्रस्तावमा विपक्षी दलहरूको पहल, रास्वपाको धारणा अस्वीकार

    रास्वपा कोशी प्रदेश अधिवेशनः सभापतिका लागि सात जनाको प्रतिस्पर्धा, सदस्य पदमा ७१ उम्मेदवार

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गरेका छन्। आज (बुधबार) विराटनगरमा बिहानदेखि सुरु भएको पहिलो प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र बनेको हो।

    निर्वाचन समितिका अनुसार सभापति पदमा सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पिताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन्।

    यसैगरी, प्रदेश समिति सदस्य पदका लागि कुल ७१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

    पार्टी विधानअनुसार कोशी प्रदेश समितिको संरचना ६१ सदस्यीय रहने व्यवस्था छ। अधिवेशनमार्फत प्रदेश नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढिरहेको बताइएको छ।